
बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्ज अस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउनुुहुन्छ । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताउनुभयो ।
स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन्
सुनारका बच्चालाई छ महिनापछि आमाको दूधबाहेक थप आहार नदिएको पाइएको उहाँ बताउनुहुन्छ । यता सुनारले बच्चाले कुनै प्रकारका खाना नखाने गरेको हुँदा आफ्नो दूध मात्र खुवाउन बाध्य भएको हो भन्दै सुनारले भन्नुभयो, “बच्चाले मन पराउने फलफूल तथा खानेकुरा किन्ने हैसियत छैन आफूले खाने खाना उसले पटक्कै खान मान्दैन ।”
श्रीमान् पनि क्षयरोगले ग्रसित हुनुहुन्छ । घरमा कमाउने मान्छे कोही छैन आयस्रोतका बाटाहरु नहुँदा दुईछाक टार्न पनि मुस्किल पर्न थालेको छ श्रीमान् र छोरीलाई कसरी बचाउँ उहाँले दुखेसो पोख्नुभयो । यसअघि कुपोषणबाट ग्रसित बेनेका रोल्पाका दुई बालकलाई केही महिनाअघि दाङको पोषणगृहमा पठाइएको थियो ।
No comments:
Post a Comment