नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले नेपाल गरिब देश नभई नेपालीको सोच गरिब भएको बताउनुभएको छ । एक्सन नेपाल धादिङको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै नेत्री डा देउवाले नेपालमा स्रोतसाधनको सदुपयोग गर्न सके मुलुक समृद्धशाली हुने बताउनुभयो । पुरुषको सहभागिताबिना पनि सामाजिक विकासमा महिलाले योगदान पु¥याउन सक्ने उहाँको भनाइ थियो ।कार्यक्रममा एक्सन नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, हेफर इन्टरनेसनलका निर्देशक तीर्थ रेग्मी लगायतले समाजिक विकासका लागि गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
एक्सन नेपालले १८ वर्षदेखि जिल्लामा पोषण, जीविकोपार्जन र खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
No comments:
Post a Comment