मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।
उनको निधन बारे थप जानकारी भने दिइएको छैन । क्यास्ट्रोले ५० वर्ष क्युवाको नेतृत्व सम्हाल्नु भएको थियो । उन सन् १९५९ देखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री र सन् १९७६ देखि २००८ सम्म क्युवाको राष्ट्रपति थिए। त्यसपछि उनका भाइ राहुल क्यास्ट्रोले सत्ता सम्हाल्दै आएका छन्।
फिडेल क्यास्ट्रोले २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि उनका भाइ राहुल क्यास्ट्रो पार्टीको नेता बनेका थिए ।
समर्थकले फिडेल क्यास्ट्रोलाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद रुपले दबाएको आरोप लगाउने गरेका छन् ।
गएको अप्रिलमा फिडेल क्यास्ट्रोले कम्युनिष्ट पार्टीको कांग्रेसलाई सम्बोधन गरेका थिए । उनले क्युवाका नागरिक विजयी नागरिक रहेको भन्दै प्रशंसा गरेका थिए । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ को अगस्ट १३ मा भएको हो
No comments:
Post a Comment