watch first and then search

watch first and then search

Sunday, November 6, 2016

नेपालगन्जको अलपत्र पौडी पोखरी हेरेपछि एमाले उपाध्यक्षको व्यंग्य…



एमालेका उपाध्यक्ष बामदेव गौतमले रंगशालाको सामुन्ने निर्माणाधीन पौडी पोखरी हेरेपछि व्यंग्य गर्नुभयो,–‘यसमा माछा हालेको भए कति राम्रो हुन्थ्यो ।’

सवा चार करोड खर्च भइसक्दा पनि पूरा हुन नसकेको अन्तर्राष्ट्रिय स्तरको दावी गरिएको पौडी पोखरी देखाउन पुगेका खेलकुद अधिकारीहरु गौतमको व्यंग्यपछि विगतकालाई दोष थोपरेर चोखिने प्रयास गरेका थिए ।

मान्छेले पौडी प्रतियोगिता गर्ने पोखरीमा माछा पाल्दा राम्रो हुन्छ भन्ने गौतमको भनाई ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड’ भएको खेलकुदकर्मीबीच कानेखुशी चल्यो ।

तत्कालीन सदस्य सचिव युवराज लामाको पालामा शुरु भएर अहिलेसम्म आइपुग्दा पोखरीमा सवा चार करोड खर्च भइसकेको छ । गतवर्ष दुई करोड छुट्ट्याएकोमा खर्च हुन नसकेर ‘फ्रिज’ भएको थियो ।

तत्कालीन सदस्य सचिव युवराज लामाको पालामा शुरु भएर अहिलेसम्म आइपुग्दा पोखरीमा सवा चार करोड खर्च भइसकेको छ । गतवर्ष दुई करोड छुट्ट्याएकोमा खर्च हुन नसकेर ‘फ्रिज’ भएको थियो ।

क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जका अध्यक्ष भीम वलीले केन्द्रले नै खर्च गर्ने गरी छुट्ट्याएको दुई करोड रुपैया गतवर्ष ‘फ्रिज’ भएको बताउनुभयो । ‘हामीलाई कुनै अधिकार दिइएको थिएन, राखेपले खर्च नगरेर बजेट फ्रिज भयो,–‘क्षेत्रीय अध्यक्ष वलीले भन्नुभयो, यो वर्ष साढे दुई करोड रुपैया छुट्ट्याइएको छ ।’

५० मिटर लम्बाई र २५ मिटर चौडाई रहेको निर्माणाधीन पोखरी यो वर्षदेखि बहुवर्षीय योजनामा परेको छ । यस क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने गरी निर्माण थालिएको पौडी पोखरी बहुवर्षीय योजनामा परेकाले अब बन्ने ढुक्क भएको क्षेत्रीय अध्यक्ष वलीको भनाइ थियो ।

प्रतियोगिताका साथै देशमै चर्को गर्मी हुने नेपालगञ्जमा पौडी पोखरी बनेमा त्यसले ठूलो राहत दिने स्थानीयको भनाई छ । ‘गर्मी छल्न स्थानीय पौडी खेल्न जाने र त्यसबाट राज्यको पनि आम्दानी बढ्ने’ स्थानीयहरु बताउ“छन् ।

त्यसका साथै, पश्चिम क्षेत्रबाट पनि राष्टिूय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा यो पोखरीले ठूलो मद्दत पु¥याउने क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जका उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

विगतदेखि नै नियमित बजेट परे पनि त्यसको उपयोग नहुँदा पौडी पोखरी निर्माण पछाडी धकेलिँदै गएको छ ।

अर्कोतिर, पौडी पोखरी निर्माणका नाममा ब्यापक आर्थिक अनियमितता भएको आरोप लगाउनेहरु पनि कम्ती छैनन् । ‘पोखरी निर्माण जे–जति काम भएको छ, त्यसको उच्चस्तरीय प्राविधिक जाँच भएमा वास्तविकता छर्लङ्ग हुनेछ,–‘अनियमितताको दावी गर्नेहरुको तर्क छ ।

यसअतिरिक्त पोखरीको शुरुआती डिजाइनले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्न सकिने भनिएको कुरा कल्पनामै सीमित हुने जानकार बताउँछन् ।

‘पोखरीको आकार र गहिराईका आधारमा बढीमा जूनियर स्तरको प्रतियोगिता मात्र हुन संभव छ,–‘तरणतालका अनुभवी भन्दछन् ।

No comments:

Post a Comment

watch first and then search