watch first and then search

watch first and then search

Tuesday, November 22, 2016

मोबाइल पुरानो भयो भनेर नफाल्नुहोस् ! किनकी त्यो बहुमुल्य हुन्छ



एजेन्सीः आजका युवा मोबाइल पुरानो भयो कि फालिहाल्छन् । तर, पुरानो मोबाइल महन्वपूर्ण मात्र होइन बहुमुल्य हुने विषयबारे धेरै जानकार छैनन् ।

आइफनको आदत बढेसँगै पुरानो मोबाइल फाल्नेको संख्या बढेको छ । कम्पनीले नयाँ मोडल जति उत्साहित भएर सार्वजनिक गर्छ मानिसहरु त्यत्ति नै उत्साहित भएर पुरानो मोबाइल फाल्दै नयाँ मोबाइल लिन्छन् ।
अहिलेको बजारमा धेरै पैसा हुनेका लागि जति खर्च गर्न सक्यो उत्ति नै मूल्यका मोबाइल बजारमा पाइन्छन् ।

बिबिसी हिन्दीले जनाए अनुसार मात्र गोजी खुकुलो पार्नुहोस् । जस्तै हिरा जडित आइफोनको मूल्य करीव साढे नौ करोड डलर पर्छ । यदि तपाईंको गोजी यति महंगो फोन किन्ने अनुमति दिँदैन भने पनि केहि छैन ।

तपाईंसँग कम मूल्यका आइफोन छ भनेपनि तपाई धनी नै हुनुहुन्छ । किनभने हरेक आइफोनमा सुन, चाँदी, काँस, मोती लगायतका धातुहरु जोडिएको छ ।

यी बहुमूल्य धातुहरु आगामी दिनहरुमा अझै मूल्यबान हुनेछन् । जति बढी मोवाइलको उत्पादन भइरहेको छ, त्यतिनै बढी यी धातुहरुको पनि प्रयोग भइरहेको छ । एक दिन यस्तो आउनेछ कि खानीहरुमा यी धातुहरु सकिनेछन् । यदि यस्तो भयो भने तपाईंको मोवाइल महंगो मात्रै हुनेछैन बहुमूल्य नै हुनेछ ।

यसरी विभिन्न धातु जडित मोबाइलका कारण खानीहरुमा धातु सकिने र धातुको मुल्य आकासिने छ । एक स्मार्टफोनमा थुप्रै मुल्यवान धातुहरु हुन्छन् । एक आइफोनमा ०.०३४ ग्राम सुन, ०.३४ ग्राम चाँदी, ०.०१५ ग्राम प्यालेडियम, १५ ग्राम तामा र २५ ग्राम आल्मुनियम हुन्छ । यतिमात्रै होइन यसका अलावा अन्य थुप्रै बहुमूल्य धातुहरु फोनमा राखिएको हुन्छ, जस्तै, ल्याटिनम, बाइट्रियम, टर्बियम आदि ।

यत्तिमात्र होइन अहिलेका आधुनिक फोनमा काँच, प्लास्टिकलगायत विभिन्न धातु प्रयोग गरिएको हुन्छ । तथ्याङक अनुसार आज संसारका करिब दुई अर्ब मानिसले स्मार्टफोन बोक्छन् । यो संख्या प्रत्येक सेकेन्ड बढिराखेको छ ।

यसरी हेर्दा मानिसहरुले पुरानो भयो भनेर बहुमुल्य मोबाइल फा्याक्ने गरेका छन् । यसरी फ्याक्नु भनेको बहुमूल्य वस्तु गुमाउनु सरह भएको समाचारमा उल्लेख गरिएको छ ।

मोबाइलमा थातुको प्रयोगको विचित्र तथ्यांक छ । हामी पुरानो फोनलाई कवाड भनेर फालिदिन्छौँ । बढीमा १० प्रतिशत मोबाइलबाट मात्र त्यसमा जोडिएका धातुहरु निकालिन्छ । यसरी निकालिएका थातु अर्को मोवाइलमा प्रयोग गरिन्छ ।

एक अनुमानका अनुसार १० लाख मोवाइलबाट करीव १० टन तामा, ३५० किलो चाँदी, ३४ किलो सुन र १५ किलो प्यालेडियम निकाल्न सकिन्छ । त्यसैले पनि मोबाइल पुरानो भयो भनेर नफाल्नुहोस् त्यहाँ बहुमुल्य सम्पत्ति गुम्न सक्छ ।

No comments:

Post a Comment

watch first and then search