watch first and then search

watch first and then search

Tuesday, November 22, 2016

यो हो अमेरिकाको होश उडाउने रुसको समुन्द्री सैतान (फोटो फिचर)



काठमाडौं, ७ मंसिर । विश्वमै हतियार प्रविधि र आणविक शक्तिमा अमेरिकालाई टक्कर दिने एकमात्र देश हो रुस । कम्युनिष्ट शासन रहेको रुसले प्रजातान्त्रिक पुँजीवादी अभ्यासमा चलिरहेको विश्वकै शक्तिशाली अमेरिकालाई अहिलेपनि टक्कर दिँदै आएको छ ।

कुरा १९८० तिरको हो । जब रुसले अमेरिकी नेतृत्वको नेटोको संभाव्य आक्रमणको प्रतिवादका लागि यस्तो अनौठो र शक्तिशाली हतियार निर्माण गरेको थियो कि जसले संसारलाई चकित बनायो ।

उक्त शक्तिशाली हतियारलाई समुद्री सैतान भन्ने गरिन्छ । हालै रुसी सेनाले मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सैन्य हतियार तथा प्रविधि फोरम २०१६ मा ११ हजारभन्दा बढी अत्याधुनिक हतियारहरु प्रदर्शन गरेको छ जसमा समुद्री सैतान पनि सामेल थियो । अहिले यसलाई रोबोर्ट किलर पनि भनिन्छ । सन् १९८० मा अमेरिकी गुप्तचार निकायले स्याटेलाईटबाट रुसले १९७५ मा बनाएको सि मन्सटर अर्थात समुन्द्री सैतान तैनाथ गरेको फोटो पत्ता लगाएपछि अमेरिकासहित यसको नेटो गठबन्धन चकित परेको थियो ।

रुसले अमेरिका, बेलायत सहित नेटोको प्रतिवादका लागि तैनाथ गरेको यो जहाजबाट नेटो त्रसित भएको थियो । यो सैतानलाई यसरी डिजाईन गरिएको थियो कि पानीमा यो कुनै पनि अवस्थामा डुब्दैन थियो । यो २ सयदेखि २ सय ५० किलो मिटर टाढासम्म प्रतिघण्टा दौडन सक्थ्यो । एक सय मिटर लामो यो जहाजको तौल ५ सय ४४ टन थियो ।

यो १९७५ बनेको थियो र सोभियत मरिनलाई २ वर्षपछि हस्तान्तरण गरिएको थियो । क्यास्पीयन सागरमा तैनाथ गरिएको यो युद्धपोतको बारेमा अन्य देशले तीन वर्षसम्म कुनै जानकारी पाएका थिएनन् । आणविक क्षेप्यास्त्र तैनाथ गरिएको यो पोतले अन्य युद्धक जहाजलाई आवस्यक लजिस्टीक समेत पुर्याउने गर्दथ्यो ।

यसको गति यति थियो कि राडारले समेत पत्ता लगाउन कठिन थियो । यसले बोकेको क्षेप्यास्त्रले ३ सय किलो मिटरसम्म सटिन निशाना लगाएर शत्रुको क्षेत्रलाई तहस नहस पार्न सक्थ्यो । १९९१ मा सोभियत संघको विघटनपछि यसलाई रुसले आधुनिकीकर गरेर तैनाथ गरेको छ । आधुनिकीकरणपछि यसलाई रोबोर्ट किलर भन्ने गरिन्छ ।

No comments:

Post a Comment

watch first and then search