काठमाडौं । हास्यकलाकार दीपकराज गिरी पछिल्लो समय ब्यग्यकार समेत बनेका छन् । सामाजिक संजालमा सक्रिय यि कलाकारले पछिल्लो समय ब्यग्यलाई पनि आफ्नो विषय बनाएका उनले फेसबुकमा स्टाटस लेख्दै गायिका कोमल वलीलाई राप्रपामा प्रवेश गरेपछि ब्यङ्गात्मक शुभकामना दिन भ्याएका छन् ।

स्टाटसमा उनले भनेका छन् एउटा महादेवलाई पुकार्दा महादेव जस्तो पोइ नपाएपनि अर्का पशुपतिको पार्टीमा पुगेर जनताको सेवा गर्नुस् । उनले भनेका छन् अब जनताको सेबा गर्ने तपाइको इच्छा सफल होस ।
एकसाता मात्रै अगाडी सुजाता कोइरालालाई ५० लाख सहयोग दिएपछि सरकारलाई र सुजातालाई पनि यस्तै शैलीमा उनले ब्यग्य गरेका थिए । त्यसअघि सरोज खनाल र करिश्मा मानन्धर नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा पनि कडा ब्यङ्ग्य गरेका थिए ।
No comments:
Post a Comment