watch first and then search
watch first and then search
Tuesday, November 22, 2016
कर सङ्कलन अभियान
कावासोती । नगरपालिकाभित्र रहेका व्यवसायीलाई करको दायरामा ल्याउन मध्यविन्दु नगरपालिकाले व्यवसायी कर सङ्कलन अभियान सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माका अनुसार उक्त अभियानमा मदिरा पसल, सुर्तीजन्य पसल, सुन चाँदी पसल, औषधि व्यवसाय, आयुर्वेदिक औषधि पसल, स्टेसनरी तथा पुस्तक पसल, डिपार्टमेन्टल पसल, कस्मेटिक पसल र लुब्रिकेसन सेक्सन व्यवसाय गर्ने व्यवसायीलाई कर तोकिएको छ ।
यस्तै प्लाई तथा ग्यास हाउस, कपडा तथा फेन्सी, धागो टाँक फस्नर थोक पसल, इलेक्ट्रोनिक पसल, बिद्युत् सामग्री पसल, हार्डवयेर मेसेनरी पेन्ट सेनेटरी तथा मार्बल पसल, पेट्रोलियम पदार्थ, बिरुवा बिक्री पसल, भाँडा पसल किचन सामग्री, खेलौना गिफ्ट तथा फोटो पसल, सिलाइ मेसिन मर्मत तथा सिलाइ पसल, सङ्गीत तथा कला केन्द्र सेवा, घुम्ती हाटबजारमा व्यवसाय गर्ने व्यवसायीसहित साना उद्योग, मझौला उद्योग र ठूला उद्योग वर्गीकरण गरी न्यूनतम रु एक हजारदेखि रु दश हजारसम्म व्यवसायी कर नगरपालिकाले तोकेको छ । चोरमारा बजार, कोल्हुवा बजार र उद्योग क्षेत्रलाई पहिलो चरणको अभियानमा समेटिने नगरपालिकाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment