watch first and then search

watch first and then search

Sunday, November 6, 2016

सुरक्षा कारबाहीमा इजिप्टमा ११ लडाकूको मृत्यु



सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् ।
सैनिक प्रवक्ता मोहम्मद समिरले सिनाईको बृहत क्षेत्रमा आतङ्ककारीहरुको खतरा बढी रहेकाले सुरक्षा कारवाही पनि बढाइएको बताउनु भएको छ ।




सुरक्षा कारबाहीका क्रममा सुरक्षा फौजले ५७ वटा विस्फोटक पदार्थलाई निष्क्रिय पार्नुको साथै एम्बुस हाउस, हातहतियार लगायतका सामग्री कब्जामा लिएका छन् । गत मध्य अक्टोबरमा उत्तरी सिनाईमा आतङ्ककारीहरुले गरेको आक्रमणमा २० जना सुरक्षाकर्मी मारिएका थिए । इजिप्टमा पछिल्लो समय हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् ।

No comments:

Post a Comment

watch first and then search