काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान बालगोपाल महर्जनले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको बताएका छन् । मकाउका खेलाडीहरुलाई दबाबमा राख्दै खेललाई आफ्नो पक्षमा लिएर नेपाली खेलाडीहरुले नेपाली फुटबलको भविष्यका लागि निकै राम्रो काम गरेको बताएका छन् ।

नेपालले विगत एक वर्षदेखि नै राम्रो प्रदर्शन गर्दै आइरहेको र मैदानमा आफ्नो इमान्दारीता देखाउँदै ९० मिनेटको समय पार गर्न सक्नु नै ठूलो उपलब्धि भएको र त्यो दायरा नेपाली खेलाडीहरुले पुरा गरेका कारण आँफु निक्कै उत्साहित भएको बताएका छन् ।
आजको खेल जितेपछि सामाजिक संजालका भित्ताहरुमा नेपाली टिमलाई बधाईको लर्को लागेको छ । नेपाली फुटबलका प्रशंशकहरुले बधाई दिँदै भनेका छन् बधाई छ नेपाली टिम तिमीलाई, जस्ले रच्यौ इतिहाँस र राख्यौ नेपालको नाम विश्वका सामु ।
No comments:
Post a Comment