watch first and then search

watch first and then search

Monday, November 21, 2016

गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माग





काठमाडौं, ६ मंसिर, द्वन्द्वपीडित सुरक्षा परिवार संघका परिवारलाई प्रहरीले धरपकड गरेको भन्दै पीडित परिवारले गृहमन्त्रीको राजिनामा मागेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित परिवार संघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । उनीहरु आज बिहान साढे ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना मागहरु राखेका थिए ।

प्रधानमन्त्री दाहालले पनि उनीहरुको मागका बारेमा आफू गम्भिर रहेको र छिट्टै क्याबिनेटमा छलफल गर्ने भनेर आश्वासन दिएको पीडित परिवारले जनाएको छ । तर प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएपनि शान्तिपूर्ण तवरले धर्नामा बसेका पीडितलाई प्रहरीले धरपकड गरेको जनाएको हो ।

संघकी अध्यक्ष बिना दाहालले शान्ति सम्झौता भएको १० वर्षपुगेको अवसरमा प्रधानमन्त्रीलाई भटेर आफ्ना मागहरूको बारेमा राय लिने उद्देश्यका साथ आफनो नेतृत्वमा ६ जना सहकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई जानकारी गराएको उल्लेख गर्दै भनिन्, 'बिहान प्रधानमन्त्रीले द्वन्द्वपीडितका मागहरू सम्बोधन गर्न आफू तयार छु भन्नुभयो, क्याबिनेटमा छलफल गर्छु पनि भन्नुभएको थियो, कार्यदल गठन गर्छु भन्नु भयो तर उहाँकै नेतृत्वमा रहेको सरकारले भने हामीमाथि उल्टो व्यवहार गर्यो, अब हामीले कसको विश्वास गर्ने ?'

त्यस्तै कार्यक्रममा रामकुमारी थापाले सूचना पाउने र अधिकार सुनाउने मौलिक अधिकारबाट बञ्चित गराएको भन्दै आफूहरूमाथि भएको ज्यादतीको घोर भत्र्सना गरिन् ।

ममता नगालले कमल पोखरीबाट खटिएको डिएसपी महेश थापाको टोलीले शान्तिपूर्वक तरिकाले धर्नामा बसेका एकल महिलामाथि अपशब्द प्रयोग गर्दै हात हालेको आरोप लगाएकी छन् । उनले भनिन्, 'यस्तो अनैतिक काम गर्न कसले आदेश दियो ? यो आदेश गृहमन्त्री विमलेन्द्र निधिको हो भने, उहाँले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ ।'

No comments:

Post a Comment

watch first and then search