watch first and then search

watch first and then search

Tuesday, November 22, 2016

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक





तिम्रो भागमा घर प¥यो हाम्रो भागमा डेरा
यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर….
नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको तितो र घरभेटी र डेराबासीको भौतिक सम्बन्धको भावपूर्ण लौकिक थथार्थलाई चर्को चित्रण गरिएको म्यूजिक भिडियो राजधानिमा एक भब्य समारोहका बिच सार्वजनिक गरिएको छ । गीतकार सगोत्री आचार्यको शब्द, धनु ज्ञाङ्मीको सङगित तथा लोकप्रिय युवा गायक निशान सिंखडाको स्वरमा सजिएको उक्त म्यूजिक भिडियो द नेक्ट जेन म्यूजिक नेपाल प्रालिले हालसालै बजारमा ल्याएको हो । सर्वप्रिय मोडल अनु शाह तथा बसन्त बस्नेत लगायत चर्चित कलाकारहरूले सनसनिपूर्ण अभिनय गरेको उक्त भिडियो सार्वजनिक गर्ने क्रममा प्रमुख अतिथि बरिष्ठ संस्कृतिवीद तुलसी दिवसले डेराबासीको जीवनदर्शनलाई सेतो अभिव्यक्ति दिन सफल यो म्यूजिक भिडियो नेपाली गीत सङ्गितको क्षेत्रमा एक नयाँ आयाम भएको बताए ।


हरेक मानिसले जीवनको उचाई थप्दै जाने क्रममा कहिँ न कहिँ डेरा बस्नै पर्ने हुन्छ । कोही घर नभएर डेरा बस्छन् त कोही घर भएर पनि । आखिर कहिँ न कहिँ डेरा नबसी जीवनको उकालो नकाटिने रहेछ । भूमण्डलिकरणको अवधारणा व्यापक बन्दै गइरहेको वर्तमान विश्वमा निधारको मझधारमा उभिएर डेराको डिलमा जीवनको पलेटी कस्न बाध्य भएका हरेक मान्छेले यो म्यूजिक भिडियो एकपटक हेर्ने पर्ने हुन्छ । डिग्री गरेका जिग्रीहरूले देशले मागेजति पढेपनि र साथीभाइ जति बढेपनि जिन्दगीलाई अभावले दवाव दिन कहिल्यै छोडेन । द नेक्ट जेन म्यूजिक प्रालि तथा क्याम्ब्रिज इन्टिच्युट अफ टेक्नोलजीका कार्यकारी निर्देशक शिशिर सिंखडाका अनुसार डेरा बस्ने हरेक मान्छेका जीवनको तितो सत्यलाई यस डेराबासी भिडियोले मनको मियो समातेर एकपटक हृदयलोकमा विचरण गराइ छोड्ने छ ।

No comments:

Post a Comment

watch first and then search