watch first and then search

watch first and then search

Sunday, October 30, 2016

नेपालगन्जमा २ सयको रिचार्ज कार्ड सँग साँटियो लाइसेन्स (भिडियो सहित)



कार्तिक, १२ नेपालगन्ज ।

नेपालगन्ज उप–महानगरपालिका १ धम्बोझीबाट केहि सामाग्री ल्याउन जाने क्रममा विहिवार दिउँसो एक जना ट्याक्टर चालकको लाइसेन्स खोसियो ।

ट्याक्टर चालकले ट्राफिक प्रहरीसग आफुले गरेको कसूरको बारेमा जानकारी माँगे तर, जवाफ पाइएन । उसो पनि ट्राफिक प्रहरीले चेकजाँचका क्रममा अनावश्यक तनाव दिएको गुनासो आइरहेका बेला धम्बोझी चोकमा चेकजाँचका लागि खटिएका ट्राफिक प्रहरी जवानले ट्याक्टर चालकलाई भने, लाइसेन्स फिर्ता चाहिन्छ भने, दुई सय रुपैयाको रिचार्ज कार्ड ल्याउ ।

अनावश्यक तनाव भन्दा दुई सय रुपैया सजिलो लाग्यो, ट्याक्टर चालकले भने, मलाई एउटा गैरसरकारी संस्थाको सामाग्री गाउँ लैजानु पर्ने भएकोले ढिलो नगरिकन मैले रिचार्ज कार्ड दिएँ ।

बाँके ट्राफिक प्रमुख विमल उपाध्यायले, सबूत प्रमाण सहित उजुरी आए त्यस्तो प्रहरी जवानलाई कडा कारवाही गरिने बताउनुभयो । साम्रागी नेपालगन्जन्युजबाट साभार गरिएको ।

हेर्नुहोस् भिडियो ।

No comments:

Post a Comment

watch first and then search