
यमनको एक जेलमा भएको हवाई आक्रमणमा परि कम्तिमा ३० जनाको ज्यान गएको छ । यमनको पश्चिमी बन्दरगाह होदेदाको जेलमा साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमण गरेको हो ।
ज्यान जानेमा धेरैजसो कैदी रहेको बिबिसीले जनाएको छ । हुथी बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गठबन्धन सेनाले आक्रमण गरेको हो ।
आक्रमणमा परि ४३ जना मारिएको हुथी सञ्चारमाध्यमले दाबी गरेका छन् । सन् २०१४ देखि सरकार विरुद्ध लडिरहेको हुथी बिद्रोहीले यमनका धेरै शहरमा नियन्त्रण कायम गरेका छन् ।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले बिद्रोही विरुद्ध कारबाही अभियान चलाइरहेको छ । गठबन्धन सेनाको आक्रमणमा परि धेरै नागरिकको ज्यान गएको भन्दै आलोचना हुने गरेको छ ।
No comments:
Post a Comment