काठमाडौँ, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ ।

त्यसैगरी, त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलको छेउ, नयाँ बानेश्वर, रत्नपार्क, बबरमहलमा स्वागतद्वार निर्माणको काम भइरहेको छ । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपालको राजकीय भ्रमणमा आउने तयारी रहेको छ । भोलि साँझसम्ममा तयारीका सबै काम सम्पन्न हुने बताइएको छ ।
नागरिक अभिनन्दन
यही कात्तिक १८ गते साँझ ५ बजे राष्ट्रिय सभागृहमा राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्र पढेर सुनाउनुका साथै कामनपाको साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
अभिनन्दन कार्यक्रमकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताउनुभयो । कामनपाका प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई मायाको चिनो पनि प्रदान गर्नु हुनेछ ।
यसैबीच, राष्ट्रपतिको स्वागतकै तयारीका लागि भनेर कामनपाका कर्मचारीले बिदाको समयमा पनि व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।
No comments:
Post a Comment