watch first and then search

watch first and then search

Wednesday, November 23, 2016

सवारी लाइसेन्सका लागि आजदेखि फारम दर्ता खुल्ला



काठमाडौं।दसैँअघिदेखि बन्द भएको सवारी लाइसेन्सको लागि दर्ता बुधबारदेखि खुल्ला भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली जारी भएपछि फेरिएको व्यवस्था अनुसार सफ्टवेयर सुधारको काम गर्नुपर्ने भन्दै दसैँ लगत्तै नयाँ लाइसेन्स वितरणको काम रोकिएको थियो ।

सफ्टवेयर सुधारको काम सकेकाले सबै अञ्चलमा नयाँ लाइसेन्स वितरणको काम सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार बिहान ६ देखि १२ बजेसम्म नयाँ लाइसेन्सको लागि फारम वितरण हुनेछ ।

दैनिक कम्तिमा पनि पाँच सय जनाले नयाँ लाइसेन्सको लागि फारम भर्ने भएकाले दसैँदेखि मंगलबारसम्ममा २० हजार सेवाग्राही प्रभावित भएका विभागको अनुमान छ । संशोधित नियमावली अनुसार लिखित परीक्षा उत्तिर्ण गरेका व्यक्ति, ट्रायलमा अनुत्तिर्ण भए तीन महिनाभित्र अर्को दुई पल्ट ट्रायल दिने व्यवस्था गरिएको छ ।

यसले लाइसेन्स लिने व्यक्तिलाई सहज हुने विभागले जनाएको छ । यसअघि ट्रायलमा अनुत्तिर्ण भए, तीन महिनापछि मात्र फेरि ट्रायल दिन पाउने व्यवस्था थियो ।

No comments:

Post a Comment

watch first and then search