watch first and then search
watch first and then search
Sunday, November 6, 2016
विगत चार वर्षदेखि साङ्लोमा बांदिएका तिलकबहादुरको एस्तो छ रहस्य !
मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उहाँका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।
उहाँका बाबु दलबहादुरले भन्नुभयो, “हराउने डरले साङ्लोमा बाँधेर राखेका हाँै । दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उहाँ सुनाउनुहुन्छ । उहाँका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरुको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्नुहुन्छ, “बेचौँ कहाँ बस्ने ?”
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment