भक्तपर, ३० कात्तिक । मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा आज एक किशोरको शव भेटिएको छ ।

सिलबन्दी गरेकै भवनभित्र निर्माण पक्षले मापदण्ड विपरीत भवन निर्माणको कामलाई निरन्तरता दिइरहेकै बेलामा कामदारको शव भेटिएको हो । भवनमा पानी हाल्दा करेन्ट सर्ट भएर वा अरू नै कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बारेमा प्रहरीले आजैबाट अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment