watch first and then search

watch first and then search

Monday, November 21, 2016

अमेरिकामा म्युजिकमान्डु हुँदै !



म्युजिकमान्डु बार्षिक कार्यक्रम हो । यसको मुख्य उद्धेश्य भनेको चर्चित एबम ख्यातिप्राप्त नेपाली कलाकारहरुलाई संयुक्त राज्य अमेरिकामा आमन्त्रण गरेर कार्यक्रम गराउनु हो । यसका साथै यहाँ रहेका स्थानीय ब्याण्डहरुलाई समेत प्रोत्साहन स्वरूप आफ्नो कार्यक्रम प्रस्तुत गर्ने मौका दिनुका साथै नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती प्रत्यक्ष रुपमा हेर्न र उनिहरुबाट सिक्न मौका प्रदान गर्नु हो ।



यस कार्यक्रमबाट भएको आम्दानीको केहि हिस्सा गैरसरकारी संस्थानलाई सामाजिक कार्यका निम्ति दिने पनि घोषणा गरिसकेका छन् । नेपाली कलाकारहरुले बिदेशमा छरिएर रहेका आफ्ना प्रसंशकहरु ाई संगीत मार्फत भेट्न र अन्तरक्रिया गर्न पाउने छन् । नेपाली कलाकारहरुलाई यो कार्यक्रम आम्दानीको थप श्रोत हुन सक्ने छ । म्युजिक्माण्डु बाहेक आगामी दिनहरुमा थप अन्य ठुला कार्यक्रमहरु समेत प्रस्तूत गर्ने जानकारी समेत गराए ।

कार्यक्रममा अनुज्ञा के सी ( १४ बर्षिया प्रतिभाशाली बालिका न्युयोर्कबाट), प्रकृति देउजा ( डि सीमा भएको एन बि ए खेलमा नेपाली राष्ट्रिय गान गाउने एक मात्र गायिका) , एस टि जी एण्ड द बिट्स ब्याण्ड ( डि जे रोकेश– गिटारिस्ट) , निमा रुम्बा तथा ब्याण्ड द ओरिजिनल ड्युवो (फिरोज स्याङ्द्यांग तथा एड्रियन प्रधान) र मुक्ति एण्ड रिभाइभल सहभागी हुँदै छन् ।

र बिहान ४ बजे सम्म डान्स पार्टी डि जे रोकेश र डि जे भाटुका साथमा हुने KTM Entertainment का संस्थापक डिजे रोकेश र कर्म तेन्जिंग न्यांग्मीले बताए ।

No comments:

Post a Comment

watch first and then search