राज्यकोषबाट उपचार खर्च पाउने भएपछि नेता र उच्च पदस्थहरुले आफ्नो गोजीबाट एक रुपैयाँ पनि निकाल्न छाडेका छन् । गरीब जनताले उपचार गर्दा घरबार बेच्नुपर्छ, तर नेताको भने दुई वा दुई भन्दा बढी घर सग्लै राखेर राज्यकोषबाट विदेशमा लगेर महंगो उपचार गराइन्छ । उनीहरु सकेसम्म राज्यबाट बढीभन्दा बढी पैसा असुल्नेतर्फ ध्यान केन्द्रित गर्छन् । तर जनताहरु उपचार खर्चको विल तिर्न नसकेर भैतारिंदा नेता र उच्च पदस्थलाइ कानुन बिपरित उपचार खर्च दिइएको भन्दै आक्रोस पोखेका छन् ।
नेता र विशिष्ठहरुको उपचारको उडान लाखौदेखि करोडौसम्म हुन्छ । जुन राज्यकोषबाट सहजै उपलब्ध हुन्छ पनि । मेडिकल बोर्डले नेपालमा उपचार नहुने भनेर सिफारिस गरेकाको हकमा मात्र निश्चित रकम सहयोग दिन सकिने भन्दै वहस नभएको पनि होइन । तर, आफ्नै हात, जगन्नाथ गर्नेहरुले यो आवाज किन सुन्थे ? एउटै व्यक्तिलाई उपचारका नाममा राज्यले करोडौं खर्च उपलब्ध गराउदै आएको छ । जे रोग लागे पनि राज्यकै ढुकुटी लुट्नुपर्छ भन्ने मान्यताले गर्दा यस्तो भएको भन्दै नागरिक आक्रोस बढेको छ
मेडिकल बोर्डको सिफारिस बिना कुनै पनि भीआइपीले विदेशमा उपचार गराएको खर्च सरकारले व्यहोर्न हुँदैन भनेर धेरैले यसअघि आवाज उठाएका थिए । बिशिष्ट ब्यक्तिको उपचारका लागि सरकारले एउटा सिलिङ तोक्ने कार्य स्वास्थ्य मन्त्रालयबाट अघि बढीसकेको स्वास्थ्यमंत्री गगन कुमार थापाले बताउनु भएको पनि धेरै दिन भैसकेको छ ।
राज्यको ढुकुटीबाट विशिष्टको नाममा जथाभाबी रकम वितरण भएको भन्दै कार्यविधि बनाउन सरकारले अल्छी गरेको प्रष्ट देखिएको छ ।
No comments:
Post a Comment