watch first and then search

watch first and then search

Tuesday, November 22, 2016

चेतनको हत्यामा संग्लन रिगल समुहका ढकाल नेपालगन्जबाट पक्राउ




मंसिर, ७ नेपालगन्ज ।

नेपालगन्ज उप–महानगरपालिका–८ का २९ बर्षिय चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नेपालगन्ज उप–महानगरपालिका–५ का सोहन सिंह ढकाललाई प्रहरीले पक्राउ गरेको

छ । प्रहरीको मोष्ट वान्टेडको सूचीमा रहेका नेपालगन्ज उप–महानगरपालिका–५ का २४ बर्षिय ढकाललाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीकोे विशेष टोलीले रानी तलाउ नजिकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाले ढकाललाई प्रक्राउ गरिएको जानकारी दिनुभयो । जानकारी दिए । फरार अभियुक्त ढकाल घटनापछि भारतमा बस्दै आएका थिए ।

केही दिनअघि मात्रै नेपाल आएका उनलाई पार्वतीपुरस्थित पेट्रोल पम्प नजिकबाट केही दिनअघि पक्राउ गर्न लाग्दा भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

पार्वतीपुरबाट भाग्न सफल ढकालको पिछा गर्ने क्रम सोमबार नेपालगन्ज–१०, रानी तलाउ नजिकबाट पक्राउ गरिएको निरीक्षक थापाले बताउनुभयो ।

१५ जनाको समूहले गत असार २८ गते नेपालगन्ज–८ का मानन्धरलाई धम्बोझी चोक नजिक सुर्खेतरोडमा लखेट्दै दिउँसै खुँडा प्रहार गरि हत्या गरेका थिए ।

रिगल ढकालले नै खुँडा प्रहार गरि हत्या गरेको प्रहरीले दावी गर्दै आएको छ । सो घटनामा संलग्न मुख्य अभियुक्त रिगल सहित हाल १३ जना कारागारमा छन् । १५ जना अभियुक्त मध्ये दिपक केसी घरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search