२९ कात्तिक, एजेन्सी । चर्चित अन्तराष्ट्रिय ह्याकर समूहले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा एक चेतावनी भिडियो जारी गर्दै युद्धको रणनीति नबनाउने सचेत गराएको छ । अव संसारमा युद्ध गर्न पुगिसकेको भन्दै उक्त समूहले अव अति भो युद्ध अन्त्य गर भनेको छ । एनोनिमस नामक उक्त ह्याक समूहले भनेको छ, “अव कति मान्छे मर्ने ? अव त अति भो, अव युद्धको रणनीतिको अन्त्य हुनु पर्छ । यो यस्तो खेल हो जहाँ कसैले पनि जित्दैन” ।
भने तेश्रो विश्व युद्ध हुने निश्चित छ ।” युद्ध भएमा हजारौं मानिस मारिने र प्रत्येक मृत्युमा तथाकथित नेताको असफलता जोडिने एनोनिमसको चेतावनी छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि कुनै पनि नेताले यसरी ह्यार समूहको चेतावनी पाएको यो पहिलो पटक हो ।अनपेक्षितरुपमा चुनाव जितेका डोनाल्ड ट्रम्पले आफ्नो विजयसँगै थुप्रै अनपेक्षित घटनाक्रम ब्यहोरिरहेका छन् उनको विजयपछि अमेरिकामा कहिल्यै नभएका विरोध प्रदर्शन भएका थिए । कतिपयले उनीमाथि महाअभियोग लाग्ने चर्चा समेत गर्दै आएका छन् /
भिडियो हेर्नुहोस
No comments:
Post a Comment