watch first and then search

watch first and then search

Monday, November 21, 2016

बारामा बम विस्फोट, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन



बारा, ६ मंसिर । बारामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

गढीमाई १ स्थित शंकर लामाको घरमा सोमबार बम विष्फोट हुँदा उनकै घरमा बसिरहेका गढीमाई १२ पिलुवाका गोपीलाल श्रेष्ठ घाइते भएका हुन् ।

विस्फोटमा परी देब्रे हातको हत्केला भन्दामाथिको भाग क्षतविक्षत भएका उनको वीरगन्जस्थित मेडिकल कलेजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनास्थलमा सुरक्षा टोली व्यापक परिचालन गरिएको छ । घटनापछि प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए ।

No comments:

Post a Comment

watch first and then search