watch first and then search

watch first and then search

Sunday, November 20, 2016

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु



झापा), ५ मङ्सिर । झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार आज बिहान १०ः४५ बजे घर नजिकैको रानी सामुदायिक वनमा घाँस काटिरहेका बेला जङ्गली हात्तीको कुल्चाइबाट भट्टराईको मृत्यु भएको हो । झापामा एक महिनाको अन्तरालमा तीन जनाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search