watch first and then search

watch first and then search

Sunday, November 13, 2016

राष्ट्रपति भण्डारीलाई नेपाली सेनाबाट प्रस्तुतीकरण



काठमाडौँ, २८ कात्तिक । राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उच्च मनोवल तथा हौसलाका साथ सरकारले प्रदान गरेको जिम्मेवारीलाई पुरा गर्न निर्देशन दिनुभएको छ ।

नेपाली सेनाद्वारा राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति भण्डारीलाई आज राष्ट्रपति भवन, शितल निवासमा नेपाली सेना सम्बन्धी प्रस्तुतीकरण गरिएपश्चात राष्ट्रपतिले सो निर्देशन दिनुभएको हो ।

उक्त अवसरमा प्रस्तुतीकरण गर्दै प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नका लागि नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग र भूमिका महत्वपूर्ण रहीआएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखी कार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सम्बन्धित विभागका रथीले राष्ट्रपति भण्डारीसमक्ष वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको इतिहास, विकासक्रम, जिम्मेवारी, रणनीति तथा भावी कार्ययोजना सम्बन्धि प्रस्तुतीकरण गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा राष्ट्रपति कार्यालयका पदाधिकारीलगायत नेपाली सेनाका रथीको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

watch first and then search