आज सुजाता कोईरालाको चर्चा छ जताततै । चिन्ता, रिस, सान्त्वना, चासो तालीभन्दा बढी गाली अर्थात देश ओगट्नेहरुको चर्चा, बनाउनेको होइन । केही समयअघिसम्म चर्चित धुर्मुस सुन्तली अहिले ओझेल परे । अब उनीहरुबाट संचारमाध्ययममा विक्ने समाचार त छैन र पनि ईमान जमानको खडेरिमा सम्झिने मन भो ।
‘बाख्रा पाल्न र साग रोप्न नि नमिल्ने बस्ती वनाएर सञ्चार माध्ययममा यत्रो खैलाबैला ?’ काजीसाप तीन हातमाथि उफ्रिए । भाङकाजी नै उफ्रेपछि सक्किगोनि । ओ ! आङकाजीु पो हो क्यारे उनको नाँउ त । तैपनि अंकल भाङ खाएर व्युँझेसरि बोल्दिने गर्छन बेलाबेला र यहि नाम अलिक बढी फाप्या देख्छु अचेल । धुर्मुस सुन्तलीले ६ महिनाअघि बस्ति बनाउन सुरु गर्दै भन्याथे, सामुदायिक हल सहित ६५ घर बन्नेछन, बस्तीमा गाईवस्तु पाल्न दिईनेछैन, छुट्टै ठाउँ बनाईनेछ ‘सोही कुरामा ६ महिनापछि बस्तीमा बसोवास सुरु हुँदा उनी कुर्लिन्छन ‘यहाँ विद्रोह हुन्छ यस्तै हो भने ।’
‘म त हाँसेरै मर्छु कि क्याहो’ भन्दै टिभीमा हँसाउने मान्छे त भुकम्प पछि पिडितको रुवाइमा संगै रुन थाले । अब चैँ धुर्मुसे सुध्रेकै ठम्याइ रह्यो, भुकम्पको धक्काले! अझ ओलिशासनमा ओलिले हँसाउन थालेपछि धुर्मुस सुन्तली काठमाडौंमा टिक्न सकेनन र पहरिवस्ती निर्माण पछि गिरान्चौर लागे । हाँस्यकलाकारको पेसा ओली काकाले खोसिदिए पछि काकाको भुमिका धुर्मुस दम्पतीले निभाउन थाले लौन अचम्मै हुन थाल्यो देशमा । यता जस्तापाता वेचेर खाने नेता छन उता धुर्मु सुन्तु आफ्नो घर वेचेरै भएपनी अर्काकोलागि घर वनाँउछौँ भनेर विशाल हृदय लिएर लाग्नेसम्म विचित्रका छन गाँठे । त्यो पनि धन भएर हो र, मनले रे । यता सरकारसँग त्यत्रो विधि धन हुँदा त सक्या छैन, यी त हास्यकलाकार न परे के पत्याइसाध्य छ र ।

काभ्रेमा “एकीकृत पहारि वस्ती “२ महिनामै निर्माणसम्पन्न भइ हस्तान्तरण भईसकेको थियो त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन, पीडितलाइ वाँड्नपर्ने चामल कुहिन पाएकै थिएन,त्रिपाल लुकाएर सकिएकै थिएनन उता लोभलाग्दो घरमा मान्छे वसाईसक्न भ्याउने धुर्मुस सुन्तलीलाइ सरकारले भन्दा छिटो काम गर्न कस्ले दियो।?के देश वनाउने जिम्मा हाँस्यकलाकारको हो?कस्ले दियो यस्तो अधिकार?अझ त्यतिले नपुगेर “गिरान्चौर एकीकृत नमुना वस्ती पुनर्निर्माण तथा पर्यटन प्रबर्द्धन परियोजना “जस्तो महत्वाकांक्षी योजना धुर्मुस सुन्तली फाउन्डेसनको खातामा ४७ हजार रुपैयाँ हुँदा तीन करोडौंको योजना ‘नोटले होइन अठोटले’ वन्छ भन्दै सुरु गरेर स्वदेशी ,विदेशी र परदेशीको मन चोरेर धन जुटाउने धुर्मुसेको जोडिले घर ठड्याएरै देखाए।भुकम्प गएको एक वर्षका दिन २०७३ वैशाख १२गते राष्ट्रपतिले गोरखाको वारपाकमा ‘भुकम्प स्मारकको उद्घाटन गरेकै दिन धुर्मुससुन्तलीले गिरान्चौरमा वस्ती शिलान्यास गरेर समानान्तर सरकारको झल्को सम्म दिन भ्याए उता स्मारक कहिले बन्ने हो पत्तो छैन यता मान्छे घरमा राख्न भ्याईसके ।
घर त बन्यो ! गिरान्चौरका वासिन्दाले गुनासो गर्छन ,”घर भनेको दरबार पो बनाईदियो धुर्मुसेले!”अब दरवारमा जनता वस्ने भएपछि जातभात छुट्याएर शासन गर्ने काजिसाप उर्फ अाँङकाजि र पाजी नेताको पारो तात्दैन त?अझै बाख्रा नपाली ,सागसब्वी नरोपि वस्ने भएपछि ! असत्ती मिडिया नि एकपक्षिय भएर हो काजिसापले गर्या काम जनताले पत्तो नपाको,घरतीर देखि देश डुवानमा पार्न गर्या काम राम्रो गरे भन्दै नगरेका काम वढाई चढाई गरेर लेख्या भए के जान्थ्यो र अहिले।यत्रो अारोप त खेप्न पर्दैन थियो। हेर अहिले यिनिहरुको अस्तित्व धरापमा छ र हाम्ले नि गर्या हम मिडियाले देखाएन भन्न पर्या छ, लाज पचाएर!
“विभिन्न डाँडाकाँडामा छरिएर रहेका वस्तीलाइ एकीकृत गरेर वस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय लाग्दैन ।” धुर्मु र सुन्तुको अनुभवले यहि मात्र भनेको हो । जातभात र उचनिच जनाएर जनता फुटाएर देश वन्छ भन्न खोजेनन र तारो वने उहीँ डलरमा देश भाँड्ने को नजरमा!अझ स्पस्ट देश अनुसारको भेष धारण नगरि ईमान्दारिताको उच्चतम रुप देखाउनु गल्ति हो।

उता सरकारले जिम्मा लिएकोमा जग खन्न सुरु भा छैन, बन्ने त कहिले हो कहिले ।यता धुर्मुससुन्तलीले नयाँ घरमा मान्छे भित्राएर खुलम्खुल्ला सरकारलाई चुनौती दिने दुस्साहस गरेका छन । राज्यको ढुक्कसँग पाँच वर्ष वा ढिलो गरेर वनाउने नीतिलाई ठाडै उल्लंघन गर्नेलाई देशद्रोहिको अारोप लगाएर कारवाहि गर्ने कि नगर्ने?गर्ने भए कसले गर्ने ? उनीहरूलाई कारवाहि गर्न योग्यता पुगेको इमान, ईज्जत् र प्रेस्टिज भाको देश र जनताप्रति ईमान्दार नेतृत्व कोहि छ ?
अवको समस्या यहि रह्यो ।राज्यलाई एउटा प्रश्न सोध्ने रहर भयो।कालिकोटमा देशमै सम्भव उपचार नपाएर धर्ती छाडेकि वालिका सुशीला योगी र सुडानमा कुपोषण लागेका वालवालिका झल्को दिने कैयौंलाई काल पर्खनुको विकल्प छैन। देशमा सम्भव उपचारमा विदेश सयर गर्न रुचाउनेहरु मिलिजुलि राज्यको दोहन गर्न उपचार खर्च बाँड्दा ठालु नेता रअाँङकाजिको बोली सुनिँदैन । राज्यलाई रोगी वनाँउदा ,वनाँउदै रोग लागेकाहरुलाइ लोकमानको डर छ।स्वास्थ्य क्षेत्र सुधार भन्दै गोविन्द केसि अनसन वस्नुपर्छ। देश विगार्नेहरु पुरस्कृत हुने देशमा धन वेगर मन लिएर देशको उपचार गर्न खोजर राज्यलाई चुनौती दिने देशद्रोहि धुर्मुस-सुन्तलीलाई कस्ले गर्छ कारवाही ?
No comments:
Post a Comment