watch first and then search
watch first and then search
Sunday, November 6, 2016
सुनको भाउ बढ्यो
काठमाडौँ। आइतवार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । शुक्रवार सुन तोलाको ५७ हजार ५ सयमा किनबेच भएको सुन आइतवार बढेर ५७ हजार ७ सय पुगेको हो । आइतवार तेजावी सुनप्रति तोला ५७ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
डलरको भाउमा आएको उत्तारचढावको कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । सुनको भाउ बढेसँगै आइतवार चाँदीको भाउ पनि बढेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोवार भएको छ । यसअघि शुक्रवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment