
उहाँ भित्र अटुट बिश्वास र ढृड संकल्प अझै छ । उमेरले ७४ पुगेपनि उहाँभित्रकाे जाेस जागर हेर्ने हाे भने भर्खर २१ या २२ जस्ताे देखिन्छ । हामी चर्चा गर्दैछाै सुनसरी धरान निवासी ७४ बर्षीया बृद्धा हजुरअामा पिङगलादेवी राजभण्डारीकाे । उहाले हालै नेपालमा नयाँ रेकर्ड राखेर सबैलार्इ चकित पार्नुभएकाे छ ।

नेपालकाे इतिहासमा महिला तर्फ ७४ बर्षकाे उमेरमा प्याराग्लाइडिङकाे अनुभव बटुल्ने सुनसरी धरानकी पिङगलादेवी राजभन्डारी सम्भवत पहिलाे बृद्ध महिला हुनुपर्छ । यस भन्दा अघी पाेखराका ८३ बर्षीय बृद्धले प्याराग्लाइडिङकाे अनुभव बटुलेर पूरूष तर्फकाे रेकर्ड राखिसक्नु भएकाे छ ।

प्याराग्लाइडिङलार्इ साहसिक पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक हवाई उडानकाे रूपमा लिइने गरिन्छ यसकाे यात्रा अाफैमा जाेखिम र साहसिक यात्रा गर्नु हाे । त्यसमा पनि एक ७४ बर्षीया अामाले साहस देखाएर प्याराग्लाइडिङ चढनु सामान्य कुरा हाेइन ।

सुनसरीकाे धरान निवासी ७४ बर्षीया बृद्धा अामा भन्नुहुन्छ – महिलाले चाहे भने जे पनी गर्न सक्छिन । उहाँ भन्नुहुन्छ प्याराग्लाइडिङ चढने याेजना पहिला देखीनै थियाे तर समय नमिलेपछि त्यसकाे अनुभव संगालन सकिएकाे थिएन ।
सुरूमा केही अफ्ठेराे लागेकाे थियाे तर पछि रमाइलै महसुस भएकाे हजुरअामा पिंगलादेबी बताउनुहुन्छ । टेलीभिजनका पर्दाहरूमा चरा जस्तै मान्छे उडेकाे देखेपछि अाफुलार्इ पनि त्यसरी नै उडन मन लागेकाे बताउदै घर परिवारबाट इजाजत नपाएपछि अाफ्नाे इच्छा भित्रै दबाउनु परेकाे थियाे ।

तर अब त मर्ने बेला भयाे मेराे याे इच्छा पुरा गर्न देउ भन्दै परिवारमा अाग्रह गरेपछि प्याराग्लाइडिङ चढने इच्छा पुरा भएकाे हजुरअामा बताउनुहुन्छ । चरा जस्तै बनेर अाकासमा उडदाकाे अनुभव सुनाउदै हजुरअामाले भन्नुभयाे माथी बाट हेर्दा धरान बास्तवमै रमाइलाे र अाकर्षक देखिदाे रहेछ , मैले कल्पना पनि गर्न नसकेकाे म बसेकाे धरान यती शुन्दर छ भनेर !
धरान मै प्याराग्लाडिङ संचालन भएकाे हुनाले ७४ बर्षीया हजुरअामाले प्याराग्लाडिङकाे अनुभव बटुल्ने माैका पाउनुभएकाे थियाे । ७४ बर्षीया ति अामाकाे जाेस जागर देखेर अाफै चकित भएकाे पर्यटन ब्यवसायी धरान स्कार्इ एडभेन्चर प्रा.ली.का अध्यक्ष राेसन अधिकारी बताउनुहुन्छ । म पनी उडने भन्दै सुरूमा सारी लगाएर अाउनुभएकाे थियाे , पछि सारीमा मिल्दैन भनेर सम्झाएर पठाएकाे र भाेलिपल्टै ट्रयाकसुटमा अगाडी उभिएर लु उडाउ मलाइ भनेपछि एकछिन त अाफै चकित बनेकाे ब्यवसायी अधिकारी बताउछन ।

यता पूर्वमै पहिलाे पटक सुनसरीकाे धरानमा भित्रीएकाे साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
गत बर्षबाट सञ्चालन भएकाे प्याराग्लाइडिङ सुनसरीकाे धरान २९ छाेटी माेरङबाट दैनिक उडान भर्ने गरेकाे छ । पर्यटन ब्यवसायी एवम धरान स्कार्इ एडभेन्चरका अध्यक्ष राेसन अधिकारीले बताए अनुसार दैनिक साे स्थानबाट २० देखी ३० जना सम्मले प्याराग्लाइडिङकाे अनुभव बटुल्ने गरेका छन ।
पिङगलादेवी राजभण्डारी संग पूर्वेली न्युजले गरेकाे कुराकानी ( भिडियाे)
No comments:
Post a Comment