काठमाडौं । नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउँदै ७५ दिन पूरा गरेको फिल्म ‘छक्का पञ्जा’का निर्माताले सामाजिक काममा लाग्ने निर्णय गरेका छन् ।
सामाजिक कार्य गरेर हास्य कलाकार धुर्मुस सुन्तलीले नेपाली जनताबाट वाहवाही पाइरहेका बेला ‘छक्का पञ्जा’का निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मले कमाएको केही पैसा समाजिक काममा लगाउने निर्णय गरेका हुन् ।
पहिलोपटक यो निर्णय गरेर उनीहरुले सबैलाई चकित पारेका छन् । ‘छक्का पञ्जा’ ले हालसम्म नेपाली फिल्म क्षेत्रकै सर्वाधिक १६ करोडको व्यापार गरेको छ ।
निर्माता दीपकराज गिरीका अनुसार फिल्म सुटिङ गरिएको काभ्रे जिल्लाको पनौतीस्थित सल्मीटार गाउँलाई एउटा एम्बुलेन्स दिने र असहाय केन्द्रलाई जाडोको न्यानो कपडा वितरण गर्ने र आफ्ना प्राविधिक तथा कलाकारलाई बोनस बाँड्ने निर्णय भएको छ । ‘दर्शकबाट आएको पैसा रक्सीमा उडाउनुभन्दा समाजिक काममा खर्च गर्ने निर्णय भएको छ,’ उनले भने ।
‘छक्का पञ्जा’मा दीपकसहित नायिका प्रियंका कार्की, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।
No comments:
Post a Comment