watch first and then search
watch first and then search
Wednesday, October 26, 2016
हर्ट अट्याक सम्बन्धि ८ भ्रम र सत्यहरु
१. बेहोश नै भाको छैन कहाँ ह्दयाघात हुनु ?
ह्दयाघात (हर्ट अट्याक) मुटुसंग सम्बन्धित समस्या हो । ह्दयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचे जस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई देब्रे पाखुरा, देब्रे चिउंडोतिर पनि सर्न सक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गहैेंपन मात्रै महसूस पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने हुन सक्छ । त्यसैले ह्दयाघातमा बेहोश हुनुपर्छ भन्ने छैन । तर ठूलो ह्दयाघात भएर मुटुको मांशपेशीमा ठूलो क्षति पुगि मुटु कमजोर हुन पुगेमा वा ह्दयाघात पछि मुटुको चाल तथा रक्तचाप तलमाथि भएको अवस्थामा मानिस बेहोश पनि हुनसक्छ ।
२. ह्दयाघात तीन पटक भयो भने मरिन्छ
मानिसको मृत्यु हुन ह्दयाघात तीन पटक हुन जरुरी छैन । पहिलो ह्दयाघातनै ठूलो प्रकृतिको भयो मानिसको मृत्यु हुन सक्छ । ह्दयाघात भए पछि छोटो समयमै आवश्यक उपचार नपाएमा पहिलो ह्दयाघातले पनि मानिसको मृत्यु हुनसक्छ । तर ह्दयाघातले मुटुको सानो भागमा मात्र क्षति पुर्यायो वा ठूलै ह्दयाघातको पनि तुरन्तै आवश्यक उपचार भएमा जीवन गुमाउनु पर्दैन । एकचोटी ह्दयाघात भइसकेपछि फेरि/फेरि हुनसक्ने भएकोले फेरि नहोस् भनेर विरामीलाई स्टेन्ट राख्ने (एन्जियोप्लाष्टि) वा बाइपास अपरेशन गर्ने सल्लाह पनि दिइन्छ । रक्तनलीको अवस्था सामान्य देखिएको अवस्थामा विरामीलाई जीवनभर औषधी खाने सल्लाह दिइन्छ । रक्तनलीको अवस्था हेर्नको लागि कोरोनरी एन्जियोग्राम भन्ने जांच गरिन्छ ।
३. ह्दयाघात हुँदा इसीजीमा खराबी देखिनै पर्छ
इसीजी एक किसिमको जांच हो । ह्दयाघात हुँदा धेरैजसो अवस्थामा इसीजीमा प्रष्ट देखिन्छ । तर कहिलेकाँही ह्दयाघात भइसक्दा पनि इसीजी बिलकुल नर्मल देखिन्छ । विशेषगरि ह्दयाघातको शंका लागेमा डाक्टरले विरामीको छाती दुखाइको किसिम, इसीजी रिपोर्ट तथा ह्दयाघातको लागि गरिने रगतको जांचको रिपोर्टको सहयोग लिन्छन् । इसीजी नर्मल आएको खण्डमा तर छाती दुखाई ह्दयाघातको जस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घण्टा भर्ना गरेर २/३ पटक रगत, इसीजी आदि जांच दोहोर्याएर ह्दयाघात भए नभएको निक्र्यौल गरिन्छ ।
यो अवस्था डाक्टर तथा विरामी दुवैको लागि कठिन स्थिति हो । डाक्टर ह्दयाघात भइसकेको हो भने नछुटोस् भन्ने चाहन्छन् भने विरामी मलाई केही भएको छैन, डाक्टरले यतिकै अस्पताल भर्ना गर्न खोज्यो, अथवा आर्थिक लाभ लिन खोज्यो भन्ने सोचाइ पनि राख्ने गर्छन् । यो कुरामा विरामीलाई विश्वास गराउन सधैं नै गाह्रो परेको देखिन्छ । तर यस्तो अवस्था आइपरेमा डाक्टरको सल्लाह अनुसार कम्तीमा २४ घण्टा अस्पताल बसेर जांचहरु दोहोर्याएर ह्दयाघात भए नभएको प्रष्ट भएर मात्रै घर फर्केको राम्रो हुन्छ ।
४. ह्दयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ
मुटुका मांसपेशीमा अक्सिजन पुर्याउने काम मुटुका रक्तनलीले गर्छन् । यही रक्तनलीहरु सांगुरिंदै गएमा वा रक्तनलीमा रगत जमेर रगतको आपूर्ती नभएमा मुटुको मांसपेशी मर्न जान्छन् । यस अवस्थालाई ह्दयाघात भनिन्छ ।
ह्दयाघात भएको अवस्थामा विरामीले आवश्यक उपचार तुरुन्तै पाएमा मुटुको मांसपेशीलाई क्षति हुनबाट जोगाउन सकिन्छ । आवश्यक उपचार भन्नाले, बन्द भएको रक्तनली खोलेर रक्तसंचार गराउने नै हो । रक्तनली खोल्नको लागि नशाबाट चलाइने इन्जेक्शनको प्रयोग धेरै ठांउमा गरिन्छ भने ठूलो अस्पतालहरुमा एन्जियोप्लाष्टि गरेर स्टेन्ट राख्ने पनि गरिन्छ । यी दुवै मध्ये कुनैपनि उपाय ह्दयाघात भएपछि जति छिटो गर्यो त्यति नै बढी मांसपेशी जोगाउन सकिन्छ । ह्दयाघात भएको १२ घण्टाभित्र गर्न सके यी दुवै उपचारले विशेष महत्व राख्छ । यी दुवै मध्ये इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशतसम्म तथा एन्जियोप्लाष्टिको माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।
५. म चुरोट सेवन गर्देन, उच्च रक्तचाप, सुगर पनि छैन, मलाई ह्दयाघात हुँदैन
उच्च रक्तचाप, सुगर, उच्च कोलेष्टेरोल भएका व्यक्तिहरु, चुरोट पिउने, शारिरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिहरु ह्दयाघातको उच्च जोखिममा पर्छन् । तर यी सबै समस्या नभएका व्यक्तिहरुमा ह्दयाघात हुंदैन भन्ने होइन । परिवार वा नजीकको नातामा कसैलाई ह्दयाघात भएको थियो भने त्यस्ता व्यक्तिलाई पनि ह्दयाघात हुने सम्भावना बढी रहन्छ ।
६. किन अस्पताल भर्ना हुनुपर्यो ?
ह्दयाघात भएपछिको अवस्था एकदमै खतरायुक्त हुन्छ । ह्दयाघात भएपछिको केही समय (सामान्यतया २४ देखि ७२ घण्टा) रक्त संचालन, मुटुको चाल, रक्तचाप आदि कुराहरुमा तलमाथि भइरहन सक्छ । यस्तो अवस्थामा समस्या अनुसार तत्कालै उपचार नगरेमा विरामीको मृत्यु पनि हुन सक्छ । -डा. मिलन प्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ
यो अवस्थामा आरामले विशेष महत्व राख्छ । आराम गर्नु भनेको मुटुलाई पनि आराम दिलाउनु हो ।
ह्दयाघात पछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हुंदा विरामीलाई पूणर््ा आरामको अवस्थामा राखिन्छ । साथै मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास आदि हेर्दै विरामीको उपचार गर्नुपर्ने हुंदा विरामीलाई सीसीयूमा राखेर उपचार गरिन्छ । सीसीयू जस्तो वार्डमा तालीम प्राप्त चिकित्सक, नर्सिड.् स्टाफ हुने र मुटुको गतिविधि हेर्न सकिने कार्डियाक मनिटर, आवश्यक परेमा विद्युतीय झट्का दिने डिफिब्रिलेटर तथा कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर आदिकोे सुविधा पनि हुन्छ । जुन अरु वार्डमा
उपलब्ध हुंदैन । त्यसैले अस्पतालकै अरु वार्डमा त नहुने कुरा घरमा बसेर औषधी खाएर हुने कुरै भएन । तर विरामीको अवस्था सामान्य हुंदै गएर खतरामुक्त देखिएमा सीसीयूको बसाई धेरै छोटो हुन्छ ।
७ .ह्दयाघात त बुढाबुढी भएपछि हुने समस्या हो
केही वर्ष अगाडीसम्म ह्दयाघा्लाई ६० बर्ष माथिको उमेरका लाई हुने समस्या भनेर लिइन्थ्यो । तर हाल आएर ४० बर्ष भन्दा मुनिका व्यक्तिहरुमा पनि यो समस्या प्रशस्तै देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सूर्तीजन्य बस्तुको नियमित सेवन गर्ने व्यक्तिहरु, उच्च रक्तचाप, सुगर तथा कोलेष्टेरोलको समयमै उपचार नगर्नु, नियमित मानसिक तनावमा रहनु र वशांणुगत कारणले पनि सानो उमेरमा ह्दयाघात हुनसक्छ । यस्ता कुराहरुलाई समयमै ध्यान पुर्याउन सके ह्दयाघातको खतराबाट मुक्त रहन सकिन्छ ।
८. मलाई छाती दुखेकै छैन कसरी ह्दयाघात हुन्छ ?
ह्दयाघातको मुख्य लक्षण छाती दुखाई भएपनि कुनै कुनै समयमा छाती नदुखी सास फेर्न गाह्रो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनुको साथै विरामीलाई छटपटी हुने, चिट्चिट् पसीना आउने, ढुकढुकी बढ्ने आदि पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाई लिएर आएको विरामीमा ग्याटिक भन्दै उपचार गरेका तर पछि ह्दयाघातनै भइसकेको पनि भेटिएको छ । त्यसैले जोखिममा रहेका व्यक्तिले ग्याष्टि हो भनेर लापरवाही गर्नु हँुदैन । यस्तो अवस्थामा विरामीको लक्षणहरुको साथै इसीजी तथा रगतको जांचहरुको सहयोग पनि लिइन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment