watch first and then search

watch first and then search

Tuesday, July 31, 2018

बाहिरियो डरलाग्दो तथ्यांकः १ हजार २९ जनाको बलात्कार, परे ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म



प्रदेश नम्वर १ मा बलात्कार घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका छन् । पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्वर १ मा बलात्कारका घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका हुन् । तीन वर्षमा १ हजार २९ जना बलात्कारको शिकार भएको प्रदेश नम्वर १ को कार्यलयले जानकारी दिएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा दैनिक १ भन्दा बढी बलात्कारको घटना हुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

मोरङ जिल्लामा मात्र यो वर्ष १ सय ३ वटा बलात्कारको घटना भएका छन् । ३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष ०७४÷०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएका छन् आर्थिक बर्ष ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

छक्का पन्जा ३ को नयाँ गीत सार्वजनिक ..."पहिलो नम्बर मा" कस्तो लाग्यो ?? प्रतिकृया दिनुहोला ।

Pahilo Number Maa | CHHAKKA PANJA 3 Song

Thursday, July 26, 2018

टेलिफोन र इन्टरनेको सेवा शुल्क नबढ्ने......पुरा पढ्नुहोस् र यो सुचना सबै माझ फैलाउन शेयर गर्नुहोस्

काठमाडौं- दूरसञ्चार संस्थाले बढाउने भनेको टेलिफोन र इन्टरनेट सेवा शुल्क नबढ्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले मोबाइल र इन्टरनेट सेवाको मूल्य नबढ्ने बताए। टेलिकम र इन्टरनेटमा बजेटमार्फत घोषणा गरेकै कर लाग्ने भएतापनि सेवाग्रहीको लागि भने मूल्य नबढ्ने उनले जानकारी दिए।

‘हामीले टेलिकम र इन्टरनेट प्रदायकहरुसँग मूल्य समायोजना गरेको छौं,’ उनले भने ‘सहमतीअनुसार टेलिकम र इन्टरनेट सेवमा मूल्य नबढाउने सहमती भएको हो ।’

उनकाअनुसार असारमा जति टेलिकम र इन्टरनेट सेवाको मूल्य छ अब त्यतिनै पर्नेछ। ‘सेवा शुल्कमा कुनै पनि फेरबदल हुनेछैन,’उनले थपे। सकारले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदल बनाइ मूल्य समायोजन गरेको मन्त्रालयको भनाइ छ।

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत र टेलिकममा ११ प्रतिशतबाट कर बढाएर १३ प्रतिशत पुर्‍याएको थियो।

त्यसपछि इन्टरनेट र दुरसञ्चारप्रदायक कम्पनीहरुले शुल्क बढाएको थियो। बढाएको शुल्कको चौतर्फी विरोध भएपछि सरकार सेवाग्रहीले तिर्ने शुल्क घटाउन बाध्य भएको हो।

सेवाको शुल्क बजेटअघिकै मूल्यमा फर्केको मन्त्रालयले जानकारी दिएको छ।

लोकप्रिय गायक रामजी खाँड र गायिका अनिता चलाउने को तीज कोसेली “नहेर राजै त्यसरी “सार्बजनिक (भिडियोसहित)



गायिका अनिता च लाउनेको तीज गीत’ नहेर राजै त्यसरी लाज लाउछ मलाई बेसरी” को भिडियो हालै सार्वजनिक भएको छ ।रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश तीज विशेष गीत युट्युवमा सार्वजनिक गीत डान्सिङ फ्लेभरको छ । ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

तीज गीतमा खासै नृत्यमा नदेखिने नीताले यो पटक भने आफुलाई अघि सारिन् । नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् । सुन्दर कोरियोग्राफीमा छायांकन गरिएको गीतका शब्दहरु झट्ट मनमा बस्ने प्रकारका छन् ।

घनश्याम रिजालको शब्द समावेश गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गीतमा संगीत गायक तथा मोडल समेत रहेका खाँडको नै छ ।

watch first and then search