watch first and then search

watch first and then search

Friday, November 11, 2016

चीनले किन मृत्युदण्ड दिँदैछ आफ्नै पूर्व प्रहरी प्रमुखलाई ?



चीनले आफ्नो पूर्व प्रहरी प्रमुख हाओ लिपिङलाई मृत्युदण्ड दिने घोषणा गरेको छ । सान्छीको ताइयुवान सहरस्थित एक अदालतले विभत्स हत्या तथा भ्रष्टचार गरेको आरोपमा मृत्युदण्डको फैसला गरेको हो । प्रहरी सेवामै रहँदा लिपिङले करीब ३ लाख अमेरिकी डलर भ्रष्टचार गरेको गत मार्च महिनामा एक जना व्याक्तिको विभत्स हत्या गरेको लागेको चिनियाँ संचार सस्था सिन्ह्वाले जनाएको छ ।


गत वर्ष एकजना महिलाको हत्या गरेको र पछि अनुसन्धानले ती महिला उनकै श्रमती रहेको कुरा खुलेको थियो । श्रीमतीले लिपिङको भ्रष्टचारको पर्दाफास गर्ने चेतावनी दिएपछि श्रीमतीको विभत्स ढंगले हत्या गरेको जनाइएको छ । उनी न् २००५ मा प्रहरी प्रमुख भएका थिए ।

हड्डीदेखि हाँस उठ्ने कुरो चै नगरौ न हाओ :: भिडियो हेर्नुहोस्



Meri Bassai, 31 May 2016
Friday 3rd of June


Parmila Adhikari, 3 June 2016 – Today the comedy serial “Meri Bassai” is start with Pyatuli and Farshi. Farshi is working for Pyatuli after some time other villagers are also working for Pyatuli. The programme, "Meri Bassai" is the show which is based on entertainment show in which there are many comic characters playing the role. All of the characters are comic in a sense that they are just like the people reflecting the society. "Meri Bassai" is a comedy TV serial of Nepal Television which is present by Media Hub. It is broadcasted from Nepal Television on every Tuesday. The various social activities are presented in comic way. It even satires political and social activities that have happened in the society. For more detail watch on video.

भारतको गार्मेन्ट कारखानामा आगलागीमा परी १५ जनाको मृत्यु

नयाँ दिल्ली, २६ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशबाट २५ किलोमटिर मात्र टाढा रहेको राष्ट्रिय राजधानीनजिकै रहेको साहिबावादमा अवस्थित एक गार्मेन्ट कारखानामा आगालगी भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट १५ जनाको शव निकालिएको र घाइतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको प्रहरीले बताएको छ ।

अफगानिस्तानमा जर्मन महावाणिज्य दूतावासमा आक्रमण, छ जनाको मृत्यु, ११५ घाइते



अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक कार महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यस माहिनाको सुरुमा अमेरिकासँग आवद्ध हवाई आक्रमणमा परी ३२ भन्दाबढी सर्वसाधारणको मृत्युकोले ‘बदलामा उक्त आक्रमण’ गराइएको तालिवान आतङ्ककारी समूहले जानकारी दिएका छन् ।

आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला भएका बताइएको छ । घाइते सबैलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ । यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस एकिन सङ्ख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ ।

watch first and then search