watch first and then search

watch first and then search

Sunday, April 1, 2018

आयो बजार तताउने अर्को लोक गीत -यो नानीको मस्किने परले

New Lok Dohori 2018 | Yo Naniko Maskine Parale - Sishir Gyawali & Purnakala BC Ft. Aarushi Magar

तपाईको यो साता कसरी बित्नेछ त ? हेर्नुहोस साप्ताहिक राशिफल{चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म}

तपाईको यो साता कसरी बित्नेछ त ? हेर्नुहोस साप्ताहिक राशिफल{चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म} यस हप्ताको साप्ताहिक राशिफल (चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) यो साता काममा सामान्य फल प्राप्त हुनेछ। परिवारमा केही तनाव र अप्ठ्यारो पक्ष नहोला भन्न सकिन्न। स्वास्थ्यमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। शुभ कार्यमा सरिक हुने साता छ। मान-सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ तर मंगलबार र बुधबार अलि अनुचित पक्षमा केही आरोप प्रत्यारोप बेहोर्नुपर्ने हुन सक्छ। घरपरिवारबाट पाउने सहयोग भने मध्यम देखिन्छ। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। साताभरि हजुरले रातो, आकासे निलो, गुलाफी, खैरो, सुन्तला र सेतो रङ प्रयोग गर्दै ३ र ७ लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने यो साता उत्कृष्ट तरिकाले बित्ने देखिन्छ। बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) यो साता काममा केही बाधा, समस्या र अप्ठ्यारा पक्ष नआउलान् भन्न सकिन्न। मनमा कौतूहल र चिन्ता छाउन सक्नेछ। लेनदेनमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। घर, कुलकुटुम्ब र इष्टमित्रको सहयोग प्राप्त हुने साता रहेको छ। खानपानमा विचार पुर्‍याउनुहोला। स्वास्थ्यमा समस्याहरू देखा पर्न सक्नेछन्। यात्रा हजुरको लागि सरल बन्न सक्नेछ। हजुरले सोचेको काममा व्यवधान भए तापनि देशविदेशबाट खुशीको खबर पाउन सक्नुहुनेछ। विद्या, बुद्धि बढ्न जाला। मान-सम्मान र प्रतिष्ठा बढ्नेछ। यो साता हजुरले पहेँलो, आकाशे निलो र सेतो वस्त्र लगाएर २ र ४ लाई लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने साता उत्कृष्ट तरिकाले बित्ने देखिन्छ। मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) यो साता काममा सफलता मिल्ने, उन्नति र प्रगति हुने देखिन्छ। विद्या, बुद्धि बढ्न जाला। यात्रा हजुरको लागि निकै सरल बन्नेछ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। पारिवारिक सुख, शान्ति र समृद्धि मिल्ने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्त, परिजनको सहयोग धेरै प्राप्त हुने पनि देखिएको छ। लेनदेनमा हजुरले निकै विचार पुर्‍याउनुपर्ला। यो साता हरियो, खैरो, आकासे निलो, गुलाफी, सुन्तला रङ लगाउँदै ३ र ७ लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने साता राम्रो हुने देखिन्छ। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) यो साता स्वास्थ्यमा निकै सुधार हुने देखिएको छ। विद्या, बुद्धि बढ्नेछ। तीर्थाटनको योग बढ्ने पनि देखिएको छ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। सामाजिक कार्यमा सरिक हुने साता रहेको छ। मान-सम्मान बढ्नेछ। राजनैतिक र सामाजिक क्षेत्र फलिभूत हुनेछ। कतै हजुरले गर्न खोज्नुभएको काममा बाधा र समस्या आए तापनि साताको अन्त्यतिर भने काम बन्नेछ। यो साता सेतो, क्रिम, आकासे निलो, रातो, खैरो लगाउनुभयो भने राम्रो हुनेछ। धार्मिक कार्यमा धेरैतिर सरिक हुने साता पनि रहेकोले यो साता शिवजीको आराधना गर्नु राम्रो देखिन्छ। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) यो साता निकै महत्त्वपूर्ण देखिएको छ। आर्थिक पक्ष सबल भएर जाला। नयाँ घर, जग्गाजमिनका योगहरू बन्नेछन्। आफन्त, परिजनको सहयोग प्राप्त होला। खानपानमा भने हजुरले यो साता निकै मुख बार्नुपर्नेछ। लेनदेनमा निकै विचार पुर्‍याउनुपर्नेछ। हजुरले दिनुभएको ज्ञानको कारणले कसैको उन्नति, प्रगति हुने पनि देखिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। विद्या, बुद्धिमा वृद्धि हुनेछ। हजुरले गर्न खोज्नुभएको काममा बाधा र समस्या आए तापनि साताको आइतबार, सोमबार र मंगलबार काम बन्ने देखिन्छ। यो साता रातो, सेतो, क्रिम, सुन्तला, खैरो लगाएमा साता राम्रो हुनेछ। त्यसैगरी यो साता १, ३ र ५ हजुरको लागि लक्की नम्बर रहेका छन्। कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) साता उत्कृष्ट देखिन्छ। रोकिएको काम बन्न जाला, झैझमेला, मुद्दामामिलामा विजय प्राप्त हुन सक्छ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। नयाँ सवारीसाधन, घर, जग्गाजमिनको योग बन्ला। रोकिएको पैसा फर्कने पनि देखिन्छ। पारिवारिक तथा दाम्पत्य सुख, शान्ति, समृद्धिको साता रहेको छ। व्यापार व्यवसायमा लाभ छ। आफन्त, दाजुभाइ, दिदीबहिनी तथा कुलकुटुम्बबाट सहयोग प्राप्त हुनेछ। यो साता हजुरले हरियो, खैरो, सेरो र सुन्तला रङ लगाउनुभयो र बुधबार, बिहीबार र शुक्रबार नयाँ काम आरम्भ गर्नुभयो भने राम्रो हुने देखिन्छ। तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) साता सामान्य रहला। मनमा केही तनाव रहन सक्नेछ। काममा केही बाधा व्यवधान र अड्चन परे तापनि साताको अन्त्यतिर मानसिक अशान्ति हट्नेछ। कामहरू पनि राम्रै बन्ने देखिन्छ। व्यापार व्यवसायमा लाभको योग छ। देशविदेश भ्रमणको योग बन्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। अध्यात्म क्षेत्रबाट हजुरलाई ऊर्जा मिल्ने पनि देखिन्छ। केही मुद्दामामिला र अप्ठ्यारा किचलोहरूमा सफलता प्राप्त हुन सक्छ। दाजुभाइ, कुलकुटुम्ब र इष्टमित्रबाट भरपुर सहयोग पाइनेछ। सन्तान सुख मिल्नेछ। छोराछोरीले पढाइमा राम्रो प्रदर्शन गर्ने साता रहेको छ। वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) यो साता काममा बाधा व्यवधान परे तापनि मान-सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। पारिवारिक झैझगडा र अप्ठ्यारा पक्षहरूमा राम्रै सफलता मिल्ने देखिएको छ। खानपानमा हजुरले निकै विचार पुर्‍याउनुपर्ला। कृषि क्षेत्र हजुरको लागि निकै राम्रो देखिएको छ। हजुरले नयाँ नियुक्तिको अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। घर, जग्गाजमिनमा मध्यम लाभको साता रहनेछ। यो साता रातो, सेतो, पहेँलो, आकासे निलो, खैरो रङ लगाएर ७ र ९ लाई लक्की नम्बर राखी काम गर्नुभयो भने साता निकै राम्रो हुने देखिन्छ। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) साता उत्कृष्ट रहेको छ। आर्थिक पक्ष सबल रहला। मान-सम्मान, प्रतिष्ठा बढ्नेछ। आफन्त, परिजनको सहयोग प्राप्त होला। स्वास्थ्यमा क्रमिक सुधार हुनेछ। लेनदेनमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। हजुरले दिनुभएको पैसा ढिलो उठ्न सक्छ। दाजुभाइ, कुलकुटुम्ब र इष्टमित्रबाट भरपुर सहयोग प्राप्त हुनेछ। खानपानमा निकै विचार पुर्‍याउनुपर्नेछ। सुख, शान्ति, समृद्धि र उन्नति, प्रगतिको साता रहेको छ। राजनीतिक र सामाजिक क्षेत्र निकै राम्रो देखिएको छ। यात्रा हजुरको लागि सुखद देखिन्छ। यो साता पहेँलो, सेतो र रातो रङ लगाएर काम गर्नुभयो भने निकै राम्रो हुनेछ। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) यो साता रोकिएको काममा सफलता मिल्ला। मुद्दामामिलामा विजय प्राप्त होला। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। व्यापार व्यवसायमा लाभको साता बन्ने देखिन्छ। हजुरको डुबेको पैसा उठ्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुनुहोला। स्वास्थ्यमा केही समस्या देखापर्नेछ। सोमबार, मंगलबार र बुधबार नयाँ काम सुरु गरेमा सफलता मिल्ने देखिएको छ। साहित्य, संगीत र कलाका साधकहरूका लागि साता राम्रो देखिन्छ। यो साता खैरो, कालो, सुन्तला र आकासे निलो रङ लगाएमा राम्रो हुनेछ। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) साता सामान्य रूपमा बित्न जाला। कतै झैझमेला र अप्ठ्यारा बेहोर्नुपर्ने देखिन्छ। पारिवारिक सुख, शान्ति मिले तापनि मनमा केही कौतूहल र चिन्ता रहनेछ। खानपानमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभको योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा केही बाधा र अप्ठ्यारा पक्षहरू आउनेछन्। दाजुभाइ, परिवारबीचको सम्बन्ध सामान्य रहला। हजुरले गर्न खोज्नुभएको काममा व्यवधान र अप्ठ्यारो नहोला भन्न सकिन्न। लेनदेनमा निकै विचार पुर्‍याउनुपर्नेछ। सोमबार, मंगलबार, बुधबार र बिहीबार पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ने देखिन्छ। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) यो साता रोकिएको काम बन्नेछ। आर्थिक पक्ष सबल होला। इज्जत, मान-सम्मान, प्रतिष्ठा बढ्नेछ। लेनदेनमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। जागिरेहरूका लागि स्थानान्तरणको योग छ। विद्या, बुद्धि बढ्ला, छात्रछात्राहरूको समय आनन्दपूर्वक बित्ने देखिन्छ। कृषि चौपायामा भने मध्यम छ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता रहेको छ। हजुरले मंगलबार, बुधबार, बिहीबार नयाँ काम आरम्भ गर्नुभयो भने सफलता मिल्नेछ। पारिवारिक सुख, शान्ति पाइनेछ। साहित्य, संगीत, कलामा नाम, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। डा.उत्तम उपाध्याय न्यौपाने प्रकाशित : आइतबार, चैत १८, २०७४ ०७:३०

अहिले सम्मकै सुपर हिट रत्यौली !!

माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव भएको थियो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३५० वटा कक्ष रहेका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको थियो । महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रमसमेत राखिएको आयोजक संस्थाले जनाएको छ । प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवले रत्यौली प्रतियोगिता पनि राखेको थियो । हेर्नुहोस कस्तो रत्यौली गाएर नाचे त ?

राशिफल / वि.सं. २०७४ चैत्र १८ गते आइतबार

वि.सं. २०७४ चैत्र १८ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि, साँझ ०५:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, हस्ता नक्षत्र, बिहान ०६:०२ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, साँझ ०६:१३ बजेसम्म, त्यसपछि तुला राशिमा, व्याघात योग, मध्यरात्रीपछि ०४:०० बजेसम्म, त्यसपछि हर्षण योग, कौलव करण, साँझ ०५:२२ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम आजको चाडपर्व र उत्सव : विश्व मूर्ख दिवस (अप्रिलफूल डे), साथीभाइलाई छक्याएर रमाइलो गर्ने दिन, वैष्णवीदेवी यात्रा (विशालनगर), मत्स्येन्द्रनाथस्नान (ललितपुर), बुगन्हवँ (नेवारी पर्व), द्विपुष्कर योग बेलुका ०५।१६ बजेपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), अग्निवास(होमादि), २० गते : साँखु यात्रा (सकोयात), २१ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दिन अल्छीलाग्दो हुनेछ र गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, तर आफैं अघि नसरी सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । लापरबाही गरेमा बन्नै लागेको काममा समेत बाधा पुग्नसक्छ । बन्दव्यापार वा रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ, तर अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

watch first and then search