watch first and then search

watch first and then search

Sunday, November 13, 2016

एप्पललाई झड्काः लाग्यो आइफोन सेभेन प्लसमा आगो

चीनको युनान प्रान्तमा एप्पल कम्पनीको आइफोन सेभेन प्लसमा आगो लागेर पड्किएको छ । एक प्रयोगकर्ताको हातबाट फोन भूइँमा खेसेपछि फोनमा कम्पन हुँदै धुँवा निस्किएर पड्किएको हो । गत महिना मात्र ती व्यक्तिले उक्त आइफोन खरिद गरेका थिए । यसअघि पनि २०१६ मै तीन आइफोन पड्किएका थिए ।यसबारे एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । त, उसलाई यस घटनाले निकै नोक्सान पुर्याउने पक्का छ । तातेर आगो लाग्ने समस्यका कारण ग्यालेक्सी नोट सेभेन बन्द गर्नुपर्दा केही समयअघि सामसुङ कम्पनीलाई अबौँको घाटा लागेको थियो ।

धरानमा पाँच जना बन्दकर्ता पक्राउ



धरान । बन्दै गराउदै हिडेका नेकपा माओवादी –विप्लव समूह) का पाँच जनालाई धरान प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा २ जना पुरुष र तीन जना महिला कार्यकर्ता रहेको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा माओवादी कार्यकर्ता नविन बडाली, सन्तोष राई, विमला भट्टराई , सिर्जना राई र ससिकला राई रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

वातावरण परिवर्तनबाट प्रभावित कृषि क्षेत्रको समाधान



फ्रान्स, २८ कात्तिक । विश्वका कुटनितिज्ञको मोरक्कोको माराकेसमा यस हप्ता शुरु भएको बहसले वातावरण परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको विज्ञहरुले बताएका छन् । कृषि वातावरण परिवर्तनका कारण नराम्ररी प्रभावित भएपनि नोभेम्वर ७ देखि नोभेम्वर १८ सम्म हुने छलफलले समस्याको समाधान ल्याउने विज्ञहरुले बताए । वातावरण परिवर्तनका कारण हुने खडेरी, बाढी, मरुभूमीकरण माटोको क्षयीकरणका समस्या बढ्दा खाद्यान्न सङ्कट निम्तिएको घटना ननिम्तिने त कुरै भएन यसलाई मध्यनजर गर्दै समाधान खोज्न छलफल केन्द्रित रहने, विश्व खाद्य तथा कृषि संस्थाका प्रमुख जोज ग्राजियानोले बताउनुभयो ।

वातावरण परिवर्तनका कारण खाद्यान्न सङ्कट आएको तर यसले सवै यसका शिकारीको जमघट गराएको छ । हामीले आइन्दा धेरै आश्वासनमात्र दिने नभै हामीले लगाएको खेतीबाट राम्रो फल कसरी प्राप्त गर्ने भनी विशेष निकास निकाल्ने कुरामा आश्वस्त हुन विश्वभरका कृषकलाई विश्वास दिलाउन चाहन्छौ । यस बर्ष अल निनोका कारण ल्याटिन अमेरिका, उत्तर अमेरिका र यूरोपमा समेत प्रभाव पारेको , अपवादमा सोचिने गरेको खडेरी र वाढीका घटना देखिएको र यसले समग्र यस क्षेत्रकै खाद्यान्न व्यवस्थापनमा समस्या निम्ताएपछि कृषिमा परेको असरमाथि छलफल भएको छ ।

गत महिनामा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी दश बाह्र बर्ष वा त्यसपछि विकासोन्मुख राष्ट्रका कृषकहरुले जलवायु परिवर्तनका कारण बढेको तातोका कारण नराम्ररी प्रभावित हुनेछन् । यदि यसको समाधान समयमै निकालिएन भने सन् २०३० भित्र खाद्यान्न उत्पादनमा नकारात्मक दवावको सामना गनुपर्नेछ । यसको असर विश्वभर नै पर्नेछ अर्थात् विश्वमा खाद्यान्न सङ्कटको भयावह स्थिति हुनेछ, उहाँले बताउनुभयो । अर्को कुरा कृषि क्षेत्र ग्रीनहाउस ग्यास उत्सर्जन गराउनमा विशाल योगदान गर्ने क्षेत्र हो जसले एक चौथाई ग्रीन हाउस ग्यासको उत्सर्जन गर्छ र भूमण्डललाई तताउदै आएको छ ।

अन्ततः यसले वातावरण परिवर्तनमा असर गर्छ । असरलाई कम गर्न चक्रिय वाली, खडेरी सहनसक्ने विउ, पानीको प्रयोगमा नियन्त्रण गर्ने किसिमका र खासगरी हिउदे वालीलाई थप प्राथमिकतामा राख्नुपर्ने हुन्छ । प्रतिवेदनमा अहिले बाच्नका लागि हामीलाई आवश्यक पर्ने खाद्यान्नको तुलनामा दुई गुणा बढी उपयोग गर्ने बानी रहेको छ । अर्थात् एकजनाको लागि दुई हजार ३०० क्यालोरी खाद्यान्न आवश्यक भएपनि सरदर चार हजार ६०० क्यालोरी लिने गरेको तथ्याङ्कले देखाउछ । यसमा नियन्त्रण गरि भविश्यका लागि सञ्चय गर्नु पनि बुद्धिमानीपूर्ण रहने बताइन्छ ।

साढे १२ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग



बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ६५ रुपैयाँको लगतमा स्थापना भएको डेरीले गत बैशाख १ गतेबाट परीक्षण उत्पादन शुरु गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै उद्योगका प्रबन्ध निर्देशक डेरीविद् तथा पोषणविद् श्यामकुमार मिश्रले दैनिक १० हजार लिटर दुध प्रशोधन तथा वितरण गर्दै आएको उद्योगकको प्रति घण्टा ३ हजार लिटर दुध प्रशोधन तथा उत्पादन गर्न सक्ने क्षमता रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीको मुख्य ध्यान नै गुणस्तरमा रहेको बताउँदै आम उपभोक्ताको अपेक्षालाई अझ उचाईँसम्म पु¥याउने बताउनुभयो ।

उहाँले सामाजिक रुपमा असल चरित्रको निर्माण अभियानमा जुटेको एनएमसी आफ्नो लक्ष्य अनुरुप अघि बढेको धारणा राख्नुभयो । कार्यव्रmमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष ओलीले एनएमसीलाई अझ् उचाईमा पु¥याउँदै सेवा ग्राहीको मन जित्न शुभकामना दिनुभयो ।

watch first and then search